नागरिकता र पासपोर्ट विवादबारे सांसद् रवि भन्छन्– ‘अदालतले सपथग्रहण गर्न नरोक्नु भन्यो, मैले बोल्नै परेन’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र पासपोर्ट विवादको विषयमा बोल्नै नपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा सदस्यको रूपमा सपथग्रहण गरेपछि सञ्चारकर्मीमाझ बोल्दै लामिछानेले अदालतले सपथग्रहण गर्न नरोक्नु भनेपछि बोल्नै नपर्ने बताएका हुन्।
‘नागरिकता र पासपोर्टको सम्बन्धमा निर्वाचन आयोगले प्रश्न गर्यो, मैले त्यसको जवाफ दिएँ, आयोगले आफ्नो धारणा राख्यो, म निर्वाचित भएर आएँ,’ उनले भने, ‘सम्मानित अदालतबाट सांसद्को सपथग्रहण गर्न नरोक्नु भन्ने आदेश आयो। त्यसपछि मैले केही बोल्नै परेन।’
अधिकारप्राप्त निकायहरूले अनुसन्धान गरिरहेको र अदालती प्रक्रियामा रहेको विषयमा खासै बोलिरहनु्नपर्ने भन्दै उनले अदालतले बोलाएको अवस्थामा म जुनसुकै समयमा पनि उपस्थित हुने बताए।
आफूले प्रणालीमा विश्वास गर्ने भएकाले अधिकारप्राप्त निकायले निश्पक्षतापूर्ण यसको छानविन गर्नेमा ढुक्क रहेको उनले बताए।
पुष ७, २०७९ बिहीबार १४:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।