शपथपछि संसद् भवन परिसरमा सांसदको स्वागतमा जलपान

शपथपछि संसद् भवन परिसरमा सांसदको स्वागतमा जलपान

काठमाडाैं। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ। नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना गरेको हो।

यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। 

गत मंसिर ४ गते भएकाे प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्षतर्फ एक सय ६५ र समानुपातिकतर्फ एक सय १० गरी कुल दुई सय ६५ सांसद निर्वाचित भएका थिए।

पुष ७, २०७९ बिहीबार १४:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।