अदालतले दियाे साबुन उद्योगको काम रोक्ने आदेश, हर्क भन्छन्- वन विभाग र पार्टीहरू नै धरानकाे राेजगारी राेक्न लागे
काठमाडाैं। धरानका मेयर हर्क साम्पाङले सामुदायिक वनको जग्गामा निर्माण गर्न लागेकाे साबुन उद्योगकाे काम राेक्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ।
साम्पाङले धरान- २० मा पर्ने जलकन्या सामुदायिक वनको जग्गामा माया धराने नामक साबुन उद्योगकाे निर्माणको काम सुरु गरेका थिए। तर वातावरणीय प्रभाव मूल्यांकन नगरी काम सुरु गरेकाे भन्दै जिल्ला वन कार्यालय सुनसरीले रिट दायर गरेकोमा अदालतले काम राेक्न भनेकाे हाे।
मेयर साम्पाङले धरानकाे उत्पादनकाे रुपमा रहने माया धराने साबुन उद्योग निर्माणका लागि श्रमदान गर्न आउन पनि सबैलाई बाेलाउने गरेका थिए।
अदालतले याे आदेश दिएपछि साम्पाङले वन विभाग र पार्टीहरू नै धरानकाे राेजगारी राेक्न लागेकाे बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘माया धराने साबुन फ्याक्ट्री निर्माण गर्न नदिने स्टेअर्डर जारी गरे, वन विभाग र पार्टी लागे धरानको उत्पादन र रोजगारी रोक्न।’
पुष ७, २०७९ बिहीबार १३:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।