पेलेको क्यान्सर जटिल बन्दै, छोरी भन्छिन्- क्रिसमस अस्पतालमै मनाउँछाैं

पेलेको क्यान्सर जटिल बन्दै, छोरी भन्छिन्- क्रिसमस अस्पतालमै मनाउँछाैं
तस्विरः द केबल

एजेन्सी। विश्व फुटबलका महान खेलाडी पेलेकाे क्यान्सर जटिल अवस्थामा पुगेकाे अस्पतालले जनाएकाे छ। सर्वाधिक तीन पटक विश्वकप उपाधि जितेका ब्राजिलियन स्टार पेले खराब स्वास्थ्य अवस्थाका कारण तीन सातादेखि अस्पतालमा छन्।

पेटसम्बन्धि क्यानसरबाट पीडित ८२ वर्षीय पेलकाे गतवर्ष ठूलो आन्द्रामा रहेकाे ट्युमर निकालिएको थियो। उनकाे उपचार भैरहेकाे अल्वर्ट आइन्स्टाइन अस्पतालका अनुसार हाल पेलेको क्यान्सर राेग शरीरमा फैलिरहेकाे छ।

बाबुकाे खराब स्वास्थ्य अवस्थाका कारण उनकी छोरीले आफूहरुले क्रिसमस अस्पतालमै मनाउने इन्स्टाग्राममार्फत जनाएकी छन्।

पुष ७, २०७९ बिहीबार १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।