मानवीय सहायताको खाँचो भएकाले हाइटीलाई तत्कालै सहयोग गर्न अपिल

मानवीय सहायताको खाँचो भएकाले हाइटीलाई तत्कालै सहयोग गर्न अपिल
फाइल तस्बिर

एजेन्सी: संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले हाइटीलाई तत्कालै सहयोग उपलब्ध गराउन अपिल गरेका छन्। संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव अमिना मोहम्मदले बुधबार हाइटीको अवस्था दिनप्रतिदिन निकै कमजोर हुदै गएकाले तत्कालै मानवीय सहायताको खाँचो रहेको बताएका हुन्।

उनले भने– 'हामीलाई लागेको छ कि अहिले हाइटीको अवस्था निकै खराब छ, यस्तो अवस्थामा विश्व समुदायले उसलाई सहयोग नगर्ने हो भने अवस्था झन बिग्रिँदै जानेछ। त्यसैले हाइटीका लागि तत्कालै मानवीय सहायताको खाँचो छ।'

त्यहाँको आर्थिक अवस्था नाजुक बन्दै गएको, खाद्य असुरक्षा बढेको र अत्यावश्यकीय वस्तुको आपूर्ति पनि हुन नसकेको अवस्थासँगै पछिल्लो समयमा सुरक्षाको अवस्था पनि कमजोर भएको बताइएको छ।

विभिन्न आपराधिक समूहहरू जन्मिएका र उनीहरूले लुटपाट पनि मच्चाउने गरेका भन्दै पछिल्लो समयमा हाइटीमा हिंसा बढ्दो रूपमा रहेको देखिएको उनले बताए।

खाद्य असुरक्षा बढेको, स्वस्थ पानीको अभावमा हैजा तथा झाडापखालाका बिरामी बढेको, बालबालिकामा पनि पोषणको अभावमा समस्या बढेको तथा आन्तरिक विस्थापित हुनेहरूको संख्या प्रतिदिन बढ्दै गएका कारण यहाँ समस्या उत्पन्न भएकाले आवश्यक मात्रामा अन्तर्राष्टिय सहयोगको खाँचो रहेको उनले बताए।

पुष ७, २०७९ बिहीबार १२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।