जसपाका सांसदहरूले जातीय पहिचान झल्किने पोसाकमा शपथ लिने
काठमाडौं: जनता समाजवादी पार्टी, नेपालका सांसदहरूले आ–आफ्नो जातीय पहिचान झल्किने पोसाकमा शपथ ग्रहण गर्ने भएका छन्। पहिचान र अस्तित्वको सवाललाई प्राथमिकताका साथ उठाउने दावी गर्ने जसपाले आफ्ना पार्टीका सांसदलाई आ–आफ्नो भाषा र पोशाकमा शपथ लिने सुविधा दिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
यद्यपि सांसदहरूलाई राष्ट्रिय पोसाक वा जातीय पहिचान झल्किने पोशाक छनोटको सुविधा भने रहेको उनले प्रष्ट पारेका छन्।
नवनिर्वाचित सांसदहरूको शपथ आज दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुनेछ। उनीहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराउने छन्।
पुष ७, २०७९ बिहीबार ०७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।