गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्य बस्यालले शपथ खुवाउने
पाेखरा। गण्डकी प्रदेशसभा सदस्यामा जनताबाट चुनिएका सदस्यमध्ये ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई यही पुस १३ गते पद तथा गोपनीयताको शपथ गराइने भएको छ।
पर्वतको प्रदेशसभा २ बाट निर्वाचित भएका ६५ वर्षीय बस्यालले प्रदेश प्रमुख समक्ष शपथ खाएपछि उनले १४ गते बाँकी ५९ जना प्रदेशसभा सदस्यलाई ज्येष्ठ सदस्यको हैसियतमा शपथ खुवाउने छन्।
बस्याललाई गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १३ गते कार्यालयमै शपथ खुवाउने छन्। बस्याल गण्डकी प्रदेशसभाका सबैभन्दा जेष्ठ सदस्य हुन्। एमालेका बस्याल कांग्रेसका विन्दु थापा भन्दा जम्मा २ दिनले जेठा रहेका छन्।
गण्डकी प्रदेश सभामा ६० सदस्यमध्ये कांग्रेसले २७, एमालेले २२, माओवादीले ८, राप्रपाले २ र एकीकृत समाजवादीले १ सिट जितेको छ।
पुष ६, २०७९ बुधबार २१:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।