जापानमा फेरि बढ्न थाल्याे काेभिड संक्रमण, चार महिनामा पहिलोपटक थपिए दुई लाख संक्रमित

जापानमा फेरि बढ्न थाल्याे काेभिड संक्रमण, चार महिनामा पहिलोपटक थपिए दुई लाख संक्रमित
तस्विरः सीएनए

एजेन्सी। जापानमा काेभिड संक्रमितको संख्या लगातार रुपमा बढिरहेकाे छ। स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार गत बुधबारको तुलानामा आज १६ हजार एक सय नयाँ बिरामी थपिएका छन्।

जापानमा कोरोना भाइरसको आठौं लहर चलिरहेको छ। यो लहरमा दुई लाख ६ हजार नौ सय ४३ जना संक्रमित भएका छन्। गत अगस्ट २५ यता पहिलोपटक देशमा संक्रमितको संख्या दुई लाख पुगेको छ। 

राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन्। गत साताको तुलनामा आज राजधानीमा दुई हजार तीन सय ७४ जना संक्रमित फेला परेका हुन्। पछिल्लो महामारीका कारण आज दुई सय ९६ जनाको मृत्यु भएको छ। 

पुष ६, २०७९ बुधबार २१:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।