विद्यालयको छाना कमजोर हालेपछि अख्तियारमा उजुरी

विद्यालयको छाना कमजोर हालेपछि अख्तियारमा उजुरी

काठमाडाैं। भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले विद्यालयको छानामा कमजोर सामग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ।

बागलुङ नगरपालिका–७ को गौरीशंकर प्राविमा छाना छाउने क्रममा कमजोर गुणस्तरको सामग्री प्रयोग भएको तथ्य विद्यालय व्यवस्थापन समिति र सरोकारवाला संघसंस्थाले गरेको अनुगमनबाट पत्ता लागेको बताइएको छ। यसपछि सो संस्था र स्थानीयवासीले अख्तियारमा उजुरी गरेका हुन्।

भवन निर्माणमा लगानी गरेको संस्थाका प्रमुख मतिलाल चपाई र निर्माण सामग्री सप्लायर्स गर्ने लुम्बिनी इन्जिनियरिङ वर्कसपविरुद्ध उजुरी गरिएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

यो भवन राष्ट्रिय पुन:निर्माण प्राधिकरणको शिक्षा शाखाले बनाएको हो। यो भवनमा युपिभिसी जस्तापाताले छाना छाइएको छ। छानामा प्वालैप्वाल परेकाले विद्यार्थी राखेर पढाउनसमेत नसकी बर्सातमा बालबालिकालाई एकै स्थानमा दुई-दुईवटा कक्षा सञ्चालन गर्नुपरेको थियो। 

सप्लायर्स कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेको आरोप लगाइएको छ। उजुरीमा शिक्षा शाखाका तत्कालीन प्रमुख मतिलाल चपाई र सप्लायर्स कम्पनी लुम्बिनी इन्जिनियरिङ वर्कसलाई दोषी बनाइएको हो।

पुष ६, २०७९ बुधबार २०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।