राप्रपा अध्यक्ष लिङ्देनलाई भेट्न पार्टी कार्यालय पुगे अमेरिकी राजदूत थम्पसन

राप्रपा अध्यक्ष लिङ्देनलाई भेट्न पार्टी कार्यालय पुगे अमेरिकी राजदूत थम्पसन

काठमाडाैं। नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। 

भेटमा गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा राप्रपाले प्राप्त गरेको सफलताप्रति राजदूत थम्पसनले शुभकामना व्यक्त गरेकाे राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

केन्द्रीय कार्यालय धूम्रबाराहीस्थित अध्यक्ष लिङ्देनको कार्यकक्षमा आज भएको भेटवार्तामा द्विपक्षीय विषयमा विचार विमर्श भएको राप्रपाले जनाएको छ।

भेटका अवसरमा अध्यक्ष लिङ्देनले थम्पसनसँग नेपाल र अमेरिकाबीचकाे आपसी सम्बन्ध र सहयोगबारे छलफल गरेका बताइएकाे छ।

पुष ६, २०७९ बुधबार १९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।