अमेरिकाको भ्रमण गर्दै युक्रेनी राष्ट्रपति, रुससँगकाे युद्धका लागि अमेरिकी सहयोग जुटाउँदै

अमेरिकाको भ्रमण गर्दै युक्रेनी राष्ट्रपति, रुससँगकाे युद्धका लागि अमेरिकी सहयोग जुटाउँदै
तस्विरः एबीसी न्युज

एजेन्सी। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिकी सहयोग जुटाउन बुधवार अमेरिकाको भ्रमणमा जाँदै छन्। उनले राष्ट्रपति जो बाइडेनसँग शिखर वार्ता गर्ने कार्यक्रम रहेकाे छ।

युक्रेनी राष्ट्रपति गत फेब्रुवरीमा आफ्नो देशमा रुसले आक्रमण गरेपछि पहिलोपटक विदेश भ्रमणमा निस्केका हुन्।युक्रेनको प्रतिरक्षा क्षमता सुदृढ तुल्याउन तथा आफ्नो देश र अमेरिकाबीचको सहयोगबारे छलफल गर्न आफूअमेरिका भ्रमणमा जान लागेको उनले बताए।

युक्रेनी राष्ट्रपतिको यो भ्रमण रुस–युक्रेनबीच जारी युद्धका बेला भइरहेको छ। अमेरिकाकाे संसदमा किएभलाई करिब ४५ अर्ब डलर आपतकालीन सहायता गर्ने प्रस्ताव पेश गरिएकाे छ भने रक्षा मन्त्रालयले पनि क्षेप्यास्त्र उपलव्ध गराउने तयारी गरिरहेको छ।

यो भ्रमणले युक्रेनलाई आर्थिक, मानवीय र सैन्य सहायताको प्रावधानसहित लामो समयसम्म सहयोग गर्ने संयुक्त राज्य अमेरिकाको दृढ प्रतिबद्धतालाई जोड दिनेछ,” मङ्गलबार राति उनले जारी गरेको वक्तव्यमा भनिएको छ । 

पुष ६, २०७९ बुधबार १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।