एमालेका सांसदलाई ओलीकाे निर्देशन- शपथ लिन आउँदा राष्ट्रिय पोसाक लगाउनु

एमालेका सांसदलाई ओलीकाे निर्देशन- शपथ लिन आउँदा राष्ट्रिय पोसाक लगाउनु

काठमाडाैं। नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई बिहीबार हुने शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ। 

एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएकाे पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने छन्।

एमालेले प्रतिनिधिसभातर्फ ७८ सिट प्राप्त गरेको छ। 

पुष ६, २०७९ बुधबार १८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।