मातृभाषामा शपथ लिन चाहने सांसदले शपथ वक्तव्य आफै उल्था गर्नुपर्ने
काठमाडाैं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम भाेली (बिहीबार) दिउँसो १ बजे हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा हुने शपथ ग्रहण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ। मातृभाषामा शपथ लिन चाहने सांसदलाई भने शपथ वक्तव्य आफै उल्था गर्न बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ।
शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने छन्।
पुष ६, २०७९ बुधबार १७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।