अर्जेन्टिनाको विजयी र्‍यालीः खेलाडीलाई लाखाैं समर्थकले घेरेपछि बसकाे सट्टा हेलिकप्टरबाट सहर परिक्रमा

अर्जेन्टिनाको विजयी र्‍यालीः खेलाडीलाई लाखाैं समर्थकले घेरेपछि बसकाे सट्टा हेलिकप्टरबाट सहर परिक्रमा
तस्विरः गाेल डट कम

एजेन्सी। विश्वकप विजेता अर्जेन्टिनाकाे विजयी र्यालीमा थामी नसक्नु भिड लागेपछि र्याली नै प्रभावित भएकाे छ। मंगलबार राजधानी ब्युनस आएर्समा खेलाडी र विश्वकप उपाधिसहित बसमा नगर परिक्रमा गर्ने याेजना सरकारकाे थियो।

तर समर्थकको ओइरो लागेपछि अवस्था नियन्त्रण भन्दा बाहिर जाने देखेर खेलाडीहरूलाई बसकाे सट्टा हेलिकप्टरबाट सहर परिक्रमा गराइयाे।

देशले ३६ वर्षपछि विश्वकप जितेकाे खुसीयाली साट्न करिब ४० लाख मानिस राजधानीमा ओइरिएका थिए। लाखाैं समथर्ककाेबीचमा नगर परिक्रमाका लागि खेलाडी राखिएकाे बसमै मानिसहरू चढ्न खोजेपछि बस यात्रा राेकिएकाे थियाे।

 

विश्वकप जितेकाे खुसीयाली मनाउन सरकारले सार्वजनिक बिदा दिएकाे कारण समर्थककाे घुँइचाे लागेकाे हाे।

पुष ६, २०७९ बुधबार १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।