सेयर बजार ५.८९ अङ्कले घट्यो
काठमाडौँ : बुधवार सेयर बजार परिसूचक नेप्से ५.८९ अङ्कले घटेको छ।मङ्गलवार १४.२२ अङ्कले बढेको नेप्से परिसूचक बुधवार ०.३१ प्रतिशतले घटेर एक हजार ८६७.२२ को विन्दुमा पुगेको हो।
सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले घटेर ३६५.३४ को विन्दुमा पुगेको छ ।
बुधवार २५२ कम्पनीका २४ लाख ४० हजार ३०७ कित्ता सेयर ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँ बराबरमा कारोबार भयो।
१३ उपसमूहमध्ये वाणिज्य बैङ्किङ समूहको समूहगत सूचक भने उकालो लागेको छ। बैङ्किङ समूहको समूहगत सूचक ०.२७ प्रतिशतले बढेको छ। १२ उपसमूहको समूहगत सूचक ओरालो लागेको छ।
बुधवार आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले र सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.२८ प्रतिशतले घटेको छ।
पुष ६, २०७९ बुधबार १५:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।