प्रतिनिधिसभाकाे ज्येष्ठ सदस्यका रुपमा जबराले लिए शपथ

प्रतिनिधिसभाकाे ज्येष्ठ सदस्यका रुपमा जबराले लिए शपथ

काठमाडाैं। प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा आज (बुधबार) आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिएका हुन्।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।

सभामुखको चयन नहुँदाकाे समयमा प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ दिलाउने व्यवस्था छ।

यसै व्यवस्था अनुसार ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई बिहीबार दिनको १ बजे शपथ गराउने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

राणा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य हुन्। नागरिकताको प्रमाणपत्र अनुसार, उनको जन्म विसं १९९८ मंसिर २४ गते रहेको संसद् सचिवालयले जनाएको छ। 

पुष ६, २०७९ बुधबार १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।