बाटो काट्ने क्रममा बसले ठक्कर दिएपछि महिलाकाे मृत्यु

बाटो काट्ने क्रममा बसले ठक्कर दिएपछि महिलाकाे मृत्यु

काठमाडाैं। बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–९ खरङ्गामा एक महिलाको मृत्यु भएको छ। 

आज (बुधबार) बिहान भएकाे दुर्घटनामा मृत्यु हुनेमा भोजपुर नगरपालिका–७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार बिहान ४ बजे झापाको काँकडभिट्टाबाट स्याङ्जातर्फ जाँदै गरेको ना५ख ६१०३ नंको बसकी यात्रु मिजारलाई बाटो काट्ने क्रममा नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको लु२ख ४६०७ नंको बसले ठक्कर दिएकाे थियाे।

यसपछि गम्भीर घाइते उनकाे चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे। मिजारलाई ठक्कर दिने बसका चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का  ४० वर्षीय सिमबहादुर पल्ली मगरलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ।

पुष ६, २०७९ बुधबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।