वनमा घाँस दाउरा गर्न जाँदा स्यालकाे झुण्डले गर्याे आक्रमण, ६ जना घाइते
काठमाडाैं। महोत्तरीमा मंगलबार स्यालले टोकेर एकै गाउँका ६ जना घाइते भएका छन्। स्यालले टोकेर पिपरा गाउँपालिका–७ वनौली गाउँका दुई महिला र चार पुरुष घाइते भएका हुन्।
गाउँको पश्चिमपट्टि रहेको विद्यापति डिह नजिकैको वनमा घाँस दाउराका लागि गएका उनीहरूलाई घर फर्किने बेलामा झुण्डमा आएका स्यालले आक्रमण गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार घाइते हुनेमा स्थानीय ५० वर्षीय दिनेश ठाकुर, ६२ वर्षीय शिवशङ्कर साह, ५५ वर्षीय बिल्टु मण्डल, ५५ वर्षीय लुटन साह, ६५ वर्षीया सिनेहा देवी र ५५ वर्षीया रामतोला देवी छन्।
घाइते शिवशङ्कर, सिनेहा र रामतोलालाई गए राति नै उपचारका लागि जनकपुरस्थित जानकी अस्पताल लगिएको छ। अन्य चार जनाको गाउँकै क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर लगिएको छ।
पुष ६, २०७९ बुधबार १४:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।