र‍विकाे शपथग्रहणकाे बाटाे खुल्याे

र‍विकाे शपथग्रहणकाे बाटाे खुल्याे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद्को शपथग्रहण गर्ने बाटो खुलेको छ।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेको उम्मेदवार बन्न योग्यता नै नपुगेको भन्दै शपथग्रहण रोक्न माग गर्दै दुईवटा रिट निवेदन परेका थिए।

लामिछानेविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। रिटमा सुनुवाइ गर्दै अदालतले ‘कारण देखाऊ’ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार अदालतले अब दुवै पक्षलाई बोलाएर छलफल गर्नेछ।

युवराज पौडेल (सफल)ले रवि लामिछानेले २०५० सालमा लिएको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको दाबी गर्दै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नै अयोग्य रहेको दाबी गर्दै रिट निवेदन दिएका थिए।

त्यस्तै, अधिवक्ताद्वय रविराज बसौला र नाबीबाबु खत्रीले पनि लामिछानेको उम्मेदवार हुन आवश्यक पर्ने नेपाली नागरिकता नै नभएको दाबी गर्दै रिट दायर गरेका थिए।

पुष ६, २०७९ बुधबार १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।