सडकमा ४० लाख फ्यान जम्मा भएपछि छाेट्याइयाे अर्जेन्टिनाकाे विजय परेड, हेलिकप्टरमा बाेलाइयाे

सडकमा ४० लाख फ्यान जम्मा भएपछि छाेट्याइयाे अर्जेन्टिनाकाे विजय परेड, हेलिकप्टरमा बाेलाइयाे

एजेन्सी : अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेपछि देशभर उत्सव मनाइँदैछ।

जनताको उत्साह यति थियो कि भीडभाडका कारण खेलाडीले विजय परेड पनि पूरा गर्न नसकेपछि हेलिकप्टारबाट लैजानुपरेको थियो।

राजधानी भिनोस सेरेसको मंगलोरमा खेलाडीहरूलाई खुला बसमा घुमाएर विश्वकपको विजयी परेड निकाल्ने योजना थियो।

तर, खेलाडी र कपको झलक हेर्न लाखौं मानिस सडकमा भेला हुँदा खेलाडी बसेको बसले निर्धारित रुट पनि पूरा गर्न सकेन।

भीडका कारण बस चल्ने ठाउँ नपाएपछि खेलाडीलाई हेलिकप्टरमा राखिएको थियो। 

समाचार एजेन्सी रोयटर्सले देशको स्थानीय मिडियालाई उद्धृत गर्दै परेडको बाटोमा करिब ४० लाख मानिस भेला भएको बताएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बस पुलमुनि जाँदा केही फ्यानहरू बसमा चढ्न खोजिरहेका देखिन्छन्।

यस्तो अवस्थामा सुरक्षाका कारण आठ घण्टाको यो यात्रा छोट्याइएको थियो।

कतारमा भएको फिफा विश्वकपको आइतबार भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो।

यसलाई अर्जेन्टिनाको फुटबल टिमका कप्तान लियोनल मेस्सीको अन्तिम विश्वकप पनि भनिएको छ।

पुष ६, २०७९ बुधबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।