वीर्य भरिएको सिरिन्ज आफैँले लगाएर गर्भाधान

वीर्य भरिएको सिरिन्ज आफैँले लगाएर गर्भाधान

एजेन्सी  एकजना २३ वर्षीया युवतीले वीर्यले भरिएको सुई आफैँले लगाएर गर्भाधान गरी स्वस्थ बच्चा जन्माएकी छन्।

बेलायतको म्यानचेस्टरमा बस्ने सेनन नाजरोभिजले गर्भासयसम्म शुक्रकिट पुर्याउन वीर्य भरिएको कालपोल सिरिन्जको प्रयोग गरेकी थिइन्।

१९ वर्षको उमेरमै त्यसरी गर्भाधान गरेर बच्चा जन्माएको र अहिले आफू एक छोरीको आमा रहेको समेत उनले टिकटकमार्फत् खुलाएकी छन्।

वीर्य दातख खोजी परीक्षण गरेको तीन महिनाभित्र घरमै कालपोल सिरिन्जमार्फत् उनले गर्भाधान गरेकी हुन्। सेननले जुन विधिबाट गर्भाधारण गरिन् त्यसलाई घरेलु गर्भाधान अर्थात् होम इन्सेमिनेसन पनि भनिन्छ।

आफू समलिंगी भएको हुँदा शुक्रकिट दाता तथा सिरिन्जको प्रयोग गरेको पनि उनले खुलासा गरेकी छन्।

धेरै मानिसलाई यसबारे ज्ञान नभएकाले आफूले यससम्बन्धी भिडियो बनाएको उनले बताइन्।

पुष ६, २०७९ बुधबार १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।