७० बालबालिकाको मृत्यु भएपछि भारतीय कफसिरप कम्पनीमाथि कारबाहीको सिफारिस

७० बालबालिकाको मृत्यु भएपछि भारतीय कफसिरप कम्पनीमाथि कारबाहीको सिफारिस

एजेन्सी : गाम्बियाको संसदीय समितिले कफ सिरपबाट बालबालिकाको मृत्यु भएको भन्दै भारतीय औषधि कम्पनीलाई कारबाही गर्न सिफारिस गरेको छ।

भारतीय कम्पनी मेडेन फार्मास्युटिकल्सले बनाएको चार कफ सिरपले ७० बालबालिकाको मृत्यु भएको निष्कर्ष निकाल्दै समितिले ती कम्पनीमाथि कारबाहीको सिफारिस गरिएको हो।

संसदीय समितिले यस्ता मृत्यु भएमा दूषित औषधि निकासीमा मेडेन फार्मास्युटिकल्सलाई जिम्मेवार ठहर्याएको हो।

विश्व स्वास्थ्य संगठनले अक्टोबरमा एक अलर्ट जारी गर्दै औषधि नियामकहरूलाई सिरपको बिक्री रोक्न आग्रह गरेको थियो।

यद्यपि, मेदान फार्मास्युटिकल्सले यी आरोपहरूलाई अस्वीकार गरेको छ। भारतमा रहेको भारतीय प्रयोगशालाले सिरपको परीक्षण गर्दा त्यस्तो फेला परेको बताएको थियो।

भारतका सरकारी प्रयोगशालाहरूले भने सिरपको परीक्षणमा कम्पनीहरूले ‘निर्देशहरूको पालना गरिरहेको’ दाबी गरेको थियो। गत हप्ता एक भारतीय अधिकारीले डब्ल्यूएचओले सिरपलाई दोषी ठहर्याउन हतार गरेको बताएका थिए।

साता लामो अनुसन्धानपछि संसदीय समितिले अब मेडेन फार्मास्युटिकल्सका सबै उत्पादनमा प्रतिबन्ध लगाउने र कम्पनीविरुद्ध कानुनी कारबाही गर्न प्रशासनलाई कडा कदम चाल्न सिफारिस गरेको छ।

समितिले दूषित औषधि निकासीमा मेदान फार्मास्युटिकल्स दोषी रहेको र त्यसलाई जिम्मेवार ठहर्याउनुपर्ने धारणा राखेको छ।

संसदीय समितिले अघिल्लो प्रतिवेदनजस्तै चारवटै कफ सिरपमा पनि डाइथिलिन ग्लाइकोल र इथाइलिन ग्लाइकोलको मात्रा अनुपयुक्त रहेकाले बालबालिकाको मृत्यु भएको ठहर गरेको छ।

पुष ६, २०७९ बुधबार १३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।