सकियो रविकाे मुद्दाको सुनुवाइ, आदेशकाे पर्खाइ

सकियो रविकाे मुद्दाको सुनुवाइ, आदेशकाे पर्खाइ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेको उम्मेदवारी गैरकानूनी भएको दावीसहित सपथ नगराउन परेको रिटमा सुनुवाइ सकिएको छ।

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित पाँच जनाको संवैधानिक इजलासमा बुधबार पेशी तोकेर सुनुवाइ सकिएको हो।

रिट सुनुवाइको १४औं नम्बरमा पर्दा सुनुवाइ नहुने सम्भावना देखिएकोमा फटाफट मुद्दाको सुनुवाइ सकिँदा उनको सुनुवाइको पालो आएको हो।

चितवन–२ बाट निर्वाचित लामिछानेको नागरिकता निस्क्रिय रहेकाले उनको उम्मेदवारीदेखि दलको सभापति पदसमेत अवैध भएको दाबी गर्दै युवराज पौडेलहितका ३ जनाले छुट्टाछुट्टै २ रिट दायर गरेका थिए।

लामिछानेलाई सपथ नगराउन र सांसद्को रूपमा काम गर्न नदिन समेत माग गरिएको रिटको फैसलाले फैसलाले बिहीबार हुने प्रतिनिधिसभा सदस्य सांसदहरूको सपथग्रहणमा उनले सपथग्रहण गर्न पाउँछन् कि पाउँदैनन् भन्ने तय हुनेछ।

पुष ६, २०७९ बुधबार १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।