‘कुरा स्पष्ट छ, राष्ट्रपतिसहित पहिलो कार्यकालकाे प्रधानमन्त्री कांग्रेस, त्यसपछि माओवादी र समाजवादी’

‘कुरा स्पष्ट छ, राष्ट्रपतिसहित पहिलो कार्यकालकाे प्रधानमन्त्री कांग्रेस, त्यसपछि माओवादी र समाजवादी’

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतृत्त्व चुनिएसँगै सभापति शेरबहादुर देउवा सरकार गठनको तयारीमा जुटेका छन्।

कांग्रेसले राष्ट्रपतिसहित पहिलो कार्यकालको प्रधानमन्त्री आफूले पाउनु स्वभाविक रहेको बताउँदै आएको छ।

पार्टी सभापति शेरबहादुर देउवापक्षीय नेता मोहन बस्नेतले ठूलो र पहिलो पार्टीको हैसियतले प्रधानमन्त्रीको पहिलो कार्यकाल कांग्रेसले पाउनुपर्ने बताएका छन्।

संसदीय दलमा देउवा निर्वाचित हुनेबित्तिकै सञ्चारकर्मीसँग बोल्दै बस्नेतले आलोपालोको आधारमा प्रधानमन्त्री र राष्ट्रपतिमा कांग्रेस नछाड्ने बताए।

‘कुरा स्पष्ट छ, प्रधानमन्त्री पद जसले चाहे पनि नचाहे पनि ठिकबेठिक जे भए पनि आलोपालोमा हुन्छ,’ उनले भने, ‘ठूलो पार्टीको हैसियतमा सबैभन्दा पहिला कांग्रेसले पाउने हो, त्यसपछि माओवादी र समाजवादीले पाउने होला। अन्य पदको भागबण्डामा जाँदा राष्ट्रपति कांग्रेसको भागमा पर्छ।’ 

पुष ६, २०७९ बुधबार १२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।