सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : साताको चौथो दिन सुनको मूल्य बढेको छ।

मंगलबार १ लाख ४ सय रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ८ सय रूपैयाँले बढेर १ लाख १ हजार २ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलाको १ लाख ७ सय रूपैयाँ कायम भएको छ। मंगलबार तेजाबी सुन तोलाको ९९ हजार ९ सय रूपैयाँ थियो।

यस्तै, चाँदीको मूल्यमा पनि तोलको २५ रूपैयाँ वृद्धि भएर आज १ हजार ४ सय रूपैयाँ कायम भएको छ।

पुष ६, २०७९ बुधबार १२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।