रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ आज, संवैधानिक इजलासको १४औं नम्बरमा

रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ आज, संवैधानिक इजलासको १४औं नम्बरमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेको उम्मेदवारी गैरकानूनी भएको दावीसहित सपथ नगराउन परेको रिटमा आज सुनुवाइ हुँदैछ।

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित पाँच जनाको  संवैधानिक इजलासमा बुधबार पेशी तोकिएको हो।

रिट सुनुवाइको १४औं नम्बरमा पर्दा बुधबार सुनुवाइ हुने सम्भावना भने न्यून देखिन्छ।

चितवन–२ बाट निर्वाचित लामिछानेको नागरिकता निस्क्रिय रहेकाले उनको उम्मेदवारीदेखि दलको सभापति पदसमेत अवैध भएको दाबी गर्दै युवराज पौडेलहितका ३ जनाले छुट्टाछुट्टै २ रिट दायर गरेका थिए।

लामिछानेलाई सपथ नगराउन र सांसद्को रूपमा काम गर्न नदिन समेत माग गरिएको रिटमा सुनुवाइ भएर कुनै आदेश नआए रविले सांसद्को शपथग्रहण गर्नेछन्।

बिहीबार प्रतिनिधि सभामा सांसदहरूको सपथ कार्यक्रम रहेको छ।

पुष ६, २०७९ बुधबार १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।