यो अनपेक्षित नतिजा हो तर मैले स्वभाविक रूपमा लिनुपर्छ : गगन थापा

यो अनपेक्षित नतिजा हो तर मैले स्वभाविक रूपमा लिनुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतामा पराजित भएसँगै महामन्त्री गगन थापाले नतिजा अनपेक्षित भएको बताएका छन्।

निर्वाचनको तनिजा सार्वजनिक भइसकेपछि सञ्चारमाध्यमसँग कुराकानी गर्दै थापाले निर्वाचनको मतपरिणाम अनपेक्षित आएको बताए। तर यसलाई आफूले स्वभाविक रूपमा लिने उनको भनाइ छ।

‘आफू सांसद् भएर जाँदा गगन थापालाई संसदीय दलको नेतालाई चुन्ने हो भनेर वाचा गरेर आएका साथीहरू दर्जनौं हुनुहुन्थ्यो,’ उनले भने, ‘मैले मेरो वाचार पूरा गर्दैगर्दा उहाँहरूले आफ्नो वाचा पूरा गर्नुभएन, हिजो अधिवेशनमा को–कता उभियो भन्ने कुरा गौण हुन्छ भन्ने मलाई लागेको थियो। यो अनपेक्षित हो तर म यसलाई स्वभाविक रूपमा लिन्छु।’

पुष ६, २०७९ बुधबार ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।