गगनलाई ३९ मतान्तरले पराजित गर्दै फेरि प्रधानमन्त्री बन्ने दाैडमा देउवा

गगनलाई ३९ मतान्तरले पराजित गर्दै फेरि प्रधानमन्त्री बन्ने दाैडमा देउवा

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन्।

महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन्।

देउवाले ६४ मत पाउँदा गगनले २५ मत मात्रै पाएका नेता निर्वाचान समितिका संयाेजक भीष्मराज आङ्दाम्बेले जानकारी दिए।

निर्वाचनमा सबै ८९ जना सांसद्ले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन्।

उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन्। निर्वाचन समितिका प्रतिनिधिहरू अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए।

गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए।

पुष ६, २०७९ बुधबार ११:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।