आलाेचना खेपिरहेका बाबरबारे शाहीन शाह अफ्रिदीले भने- ‘उनी पाकिस्तानको शान, जान र पहिचान’

आलाेचना खेपिरहेका बाबरबारे शाहीन शाह अफ्रिदीले भने- ‘उनी पाकिस्तानको शान, जान र पहिचान’

काठमाडौं : इंग्ल्याण्डविरुद्धको तीन खेलको टेस्ट सिरिजमा पाकिस्तानले एउटा पनि टेस्ट जित्न सकेन।

सिरिजमा इंग्ल्याण्डले क्लिन स्वीप गरेपछि पाकिस्तानका कप्तान बाबर आजमले आलोचनाको सामना गरिरहेका छन्।

उनले आलोचनाको सामना गरिरहँदा पाकिस्तानका फास्ट बलर शाहिन शाह अफ्रिदीले ट्विट गर्दै बाबर आजमको समर्थन गरेका छन्।

टी–२० विश्वकपका क्रममा घाइते भएका शाहीन शाह अफ्रिदी अहिले टोलीबाट टाढा छन्। बाबर आजमले तेस्रो टेस्टपछि पाकिस्तानका धेरै नियमित बलर टोलीबाट टाढा रहेको कुरा औंल्याएका थिए।

शाहीन शाह अफ्रिदीले ट्वीट गर्दै लेखेका छन्– ‘बाबर आजम हाम्रो र पाकिस्तानको शान, जान र पहिचान हुन्। उहाँ हाम्रो कप्तान हुनुहुन्छ र हुनुहुनेछ। अरु केहि सोच्न निषेध छ। कृपया टोलीलाई समर्थन गर्नुहोस्। यो टिमले पनि जित्नेछ। कहानी अझै सकिएको छैन।’

पुष ६, २०७९ बुधबार १०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।