कांग्रेस संसदीय दल निर्वाचन : सुत्केरी सांसद्ले भोट हालेसँगै सकियो मतदान, मतगणनाको तयारी
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सकिएसँगै मतगणनाको तयारी थालिएको छ।
संसदीय दलको कार्यालय, सिंहदरबारमा मतदान सकिएसँगै मतगणनाको तयारी थालिएको निर्वाचन समितिका संयोजक भीष्मराज आङ्दम्बेले जानकारी दिए।
सांसद् सुत्केरी भएर मतदानस्थल आउन नसक्ने भएपछि अस्पताल नै पुगेर उनलाई मतदान गराइएको छ।
‘मतदान सकियो, ८९ मत नै खस्यो’ उनले भने, ‘अब हामी मतगणनाको तयारीमा छौं।’
सांसद् माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित हुन नसकेपछि निर्वाचन समितिका प्रतिनिधिले ओम अस्पतालमा पुगेर मतदान गराए।
निर्धारित समयभन्दा ढिला गरी मतदान सुरु भएको थियो। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन्। देउवाका प्रस्तावक नेता रामचन्द्र पौडेल र थापाका प्रस्तावक अर्का नेता डा. शेखर कोइराला छन्।
पुष ६, २०७९ बुधबार १०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।