विश्वकप देखाएको हिमालय प्रिमियम च्यानल तीन महिना निःशुल्क, त्यसपछि पैसा लाग्ने

विश्वकप देखाएको हिमालय प्रिमियम च्यानल तीन महिना निःशुल्क, त्यसपछि पैसा लाग्ने

काठमाडौं : विश्वकप फुटबल प्रसारण भएको हिमालय प्रिमियम च्यानल थप तीन महिनासम्म निःशुल्न हेर्न सकिने भएको छ।

टेलिभिजनले मंगलबार बेलुकी सूचना जारी गर्दै फिफा विश्वकप २०२२ का लागि हिमालय प्रिमियम च्यानलका ग्राहकहरूले निःशुल्क तीन महिनासम्म हेर्ने पाउने जनाएको हो।

निःशुल्क रूपमा प्रसारण हुने च्यानलमा विश्वकपका महत्त्वपूर्ण खेलको पुनः प्रसारण हुनेछ। साथै अन्य विभिन्न प्रिमियम कन्टेन्टहरू पनि प्रसारण हुने टेलिभिजनले जनाएको छ।

तीन महिनापछि सब्सक्रिप्सनलाई निरन्तरता दिन केबल अपरेटरलाई सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

पुष ६, २०७९ बुधबार १०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।