राजनीतिक नेतृत्त्व आवश्यकताको सिद्धान्तले चल्छ, उमेरको सिद्धान्तले होइन : प्रकाशशरण महत

राजनीतिक नेतृत्त्व आवश्यकताको सिद्धान्तले चल्छ, उमेरको सिद्धान्तले होइन : प्रकाशशरण महत

काठमाडौं : नवनिर्वाचित सांसद् एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशरण महतले राजनीतिक नेतृत्त्व उमेरको सिद्धान्तले नभइ आवश्यकताको सिद्धान्तले चल्ले बताएका छन्।

बुधबार पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा संसदीय दलको निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग बोल्दै महतले राजनीतिक नेतृत्त्व उमेरकाे सिद्धान्तले नचल्ने बताए।

उनले भने, ‘राजनीतिक नेतृत्त्व आवश्यकताको सिद्धान्तले चल्छ, उमेरको सिद्धान्तले चल्दैन।’

जनताले विश्वास गरेर आएका सांसद्हरूले जटिल परिवेशको मूल्याङ्न गर्दै मतदान गर्ने बताउँदै उनले पार्टीभित्र मात्र नभएर पार्टी बाहिरकालाई पनि समेटर अघि बढ्नसक्ने नेतृत्त्व निर्वाचनले दिने विश्वास व्यक्त गरे।

पुष ६, २०७९ बुधबार ०९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।