राजनीतिप्रतिको विश्वास जनतामा कायमै राख्न पुस्तान्तरणको पक्षमा उभिएँ : प्रदीप पौडेल

राजनीतिप्रतिको विश्वास जनतामा कायमै राख्न पुस्तान्तरणको पक्षमा उभिएँ : प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले राजनीतिप्रतिको विश्वास जनतामा कायम राख्नका लागि आफू पुस्तान्तरणको पक्षमा उभिएको बताएका छन्।

संसदीय दलको निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा पौडेलले कांग्रेसमा देखिएको आम निराशालाई आशामा बदल्न र राजनीतिप्रतिको विश्वास जनतामा कायम राख्नको लागि पुस्तान्तरणको पक्षमा उभिएको बताए।

आम जनतालाई पुरानो पुस्ताको व्यवहार नै चित्त नबुझेको भन्दै उनले राष्ट्रिय प्राथमिकता र जनताका विषयलाई मतदाताले महसुस गर्नेगरी काम गर्न नसकेका कारण पुस्तान्तरणको पक्षमा लाग्नुपरेको उनले बताए।

अग्रजलाई सम्मान गर्दै कांग्रेसको नेतृत्त्व नयाँपुस्ताले लिनुपर्छ भन्ने धारणा आफूहरूको साझा रहेको बताउँदै उनले आफू कुनै पदको आशामा नभएको पनि स्पष्ट पारे।

पुष ६, २०७९ बुधबार ०९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।