राष्ट्रपति भण्डारीले नवनिर्वाचित सांसद् जबरालाई सपथ गराउने
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद् पशुपति शमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउने भएकी छन्।
राप्रपाबाट समानुपातिकतर्फकाे सांसद् बनेका राणालाई ज्येष्ठ सांसद्का हैसियतमा बुधबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शपथ गराउन लागिएकाे हाे। राणाको जन्म विसं १९९८ मंसिर २४ मा भएको हो।
सभामुखको चयन हुनुअघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ खुवाउनुपर्छ।
राणाले बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित सांसदलाई शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ।
४ मंसिरमा भएको निर्वाचनबाट २७५ सांसद निर्वाचित भएका छन्।
पुष ६, २०७९ बुधबार ०९:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।