चुनाव हुनुअघि गगन थापाको अपिल– ‘छातीमा हात राखेर युगानुकुल निर्णय गर्नुहोला’

चुनाव हुनुअघि गगन थापाको अपिल– ‘छातीमा हात राखेर युगानुकुल निर्णय गर्नुहोला’

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन हुनु केहीबेरअघि महामन्त्री एवं नेताको उम्मेदवार गगन थापाले छातीमा हात राखेर युगानुकुल निर्णय गर्न सांसद्हरूलाई अपिल गरेका छन्।

विहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखि युगानुकुल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’

जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली कांग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्नसमेत अपिल गरेका उनले सरकारको नेतृत्व, सोच, नीति, कार्यक्रम र कार्यशैली परिवर्तनका पक्षमा नेपाली जनताले दिएको जनादेशको पूर्ण सम्मान गर्ने बताए।

पुष ६, २०७९ बुधबार ०८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।