एलन मस्कले सीईओबाट राजीनामा दिने

एलन मस्कले सीईओबाट राजीनामा दिने

काठमाडौं : सामाजिक सञ्जाल ट्वीटरका मालिक एलन मस्कले प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट राजीनामा दिने भएका छन्।

बुधबार विहान ट्वीट गर्दै मस्कले सीईओबाट राजीनामा दिने घोषणा गरेका हुन्।

उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टिम हेर्ने बताए।

यसअघि मस्कले आफू भविष्यमा ट्वीटरको कार्यकारी प्रमुखका रूपमा रहने वा नरहने विषयमा मत दिन र उक्त मतको आफूले सम्मान गर्ने भन्दै प्रयोगकर्तालाई आग्रह गरेका थिए।

उनले गरेको आग्रहमा ५७ प्रतिशतले राजीनामा दिनुपर्ने मत राखेका थिए।

पुष ६, २०७९ बुधबार ०७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।