अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सका खेलाडीमाथि नश्लिय टिप्पणी, उजुरी दिने एफएफएफको तयारी

अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सका खेलाडीमाथि नश्लिय टिप्पणी, उजुरी दिने एफएफएफको तयारी

एजेन्सी : फ्रान्सेली फुटबल महासंघले विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सेली टोलीका धेरै खेलाडीहरूलाई सामाजिक सञ्जालमा घृणित जातिवादी दुर्व्यवहारको शिकार भएको जनाएको छ।

मंगलबार एक विज्ञप्ति निकालेर महासंले यसविरुद्ध कानूनी उपचारमा जाने बताएको छ। टोलीका किंग्सले कोमान र ओहलियान चुयामेनी दुर्व्यवहारको निशाना बनेका छन्। पेनाल्टी सुटआउटमा दुवै खेलाडीले गोल गर्न सकेनन्।

घटनाले युरोकप २०२० फाइनलको सम्झना ल्यायो, जसमा इटालीसँग पराजित भएपछि इंग्ल्याण्डका तीन खेलाडीले यस्तै अवस्थाको सामना गरेका थिए।

फ्रान्सको फुटबल प्रमुखले मंगलबार कडा विज्ञप्ति जारी गर्दै दुर्व्यवहार गर्नेहरूको निन्दा गरेका छन्।

विश्वकप प्रतियोगिताको क्रममा फ्रान्सेली टोलीलाई अधिकांश फ्रान्सेली जनताले समर्थन गरेका थिए र सोमबार टोली कतारबाट फर्किदा प्लेस डे ला कन्कोर्डमा ५० हजार मानिसहरु जम्मा भएका थिए।

‘विश्वकप फाइनलको अन्त्यमा, फ्रान्स टोलीका धेरै खेलाडीहरू सामाजिक सञ्जालमा नश्लवादी र अस्वीकार्य घृणायुक्त टिप्पणीहरूको निशाना बनेका थिए,’ फ्रान्स फुटबल टोलीको बारेमा फ्रान्सेली फुटबल महासंघले ट्वीट गरेको छ, एफएफएफ यसको निन्दा गर्दछ र यी टिप्पणीका लेखकहरू विरुद्ध उजुरी दायर गर्नेछ।’

पुष ६, २०७९ बुधबार ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।