जम्मुकश्मीरकाे माैसमी प्रणालीको प्रभाव नेपालमा

जम्मुकश्मीरकाे माैसमी प्रणालीको प्रभाव नेपालमा

काठमाडौं : नेपालमा अहिले जम्मुकश्मीरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जसकारण हाल लुम्बिनी, सुदुरपश्चिम प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो रहेको छ।

दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

पुष ६, २०७९ बुधबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।