गगनमाथि प्रहरी निगरानी बढाएको सहयोगीको दाबी, २ प्रहरीलाई नियन्त्रणमा लिएर छाडे
काठमाडौँ : काँग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका गगन थापामाथि अर्का उम्मेदवार तथा पार्टी सभापति शेरबहादुर देउवा समर्थकले प्रहरीको दुरुपयोग गर्दै निगरानी बढाएको गगन पक्षधरले आरोप लगाएका छन्।
उम्मेदवारी दर्तापछि थापा जता जान्छन् गाडी र मोटरसाइकलबाट फलो गर्ने, बसेको होटेलमा निगरानी बढाउने लगायतका गतिविधि भएपछि थापाका सहयोगीले २ जनालाई नियन्त्रणमा लिएका थिए।
उनीहरूको साथमा प्रहरीको परिचय पत्र फेला परेको भन्दै गगनका सहयोगी सविन मुडभरिले सामाजिक सञ्जालमै राखेका छन्। मुडभरिले राखेको परिचय पत्रमा सई भरत भण्डारी र प्रहरी जवान आशिस क्षेत्रीको हो।
मङ्गलवार पार्टी सभापति देउवा र महामन्त्री थापाले पार्टीको संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गरेका थिए। बुधवार मतदान हुँदैछ। ८९ सदस्य रहेको संसदीय समितिमा जसले ४५ मत पाउँछ उहीँ निर्वाचित हुनेछ। संसदीय दलको नेताले सरकारको नेतृत्व गर्न पाउँछन्।
पुष ६, २०७९ बुधबार ००:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।