बन्चरेडाँडाका जनतामाथि अन्याय हुनेछैन : मन्त्री चौधरी

बन्चरेडाँडाका जनतामाथि अन्याय हुनेछैन : मन्त्री चौधरी

काठमाडौं : शहरी विकास मन्त्री मेटमणि चौधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने बताएका छन्।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले स्थानीय बासीसँग संवाद गर्दै अधिकांश माग पूरा हुने चरणमा रहेको बताए।

हरेक ठाउँमा बदमासी गर्ने मानिसहरू हुने भन्दै चौधरीले सरकारले अन्याय हुन नदिने बताए।

शहरी विकास तथा भवन निर्माण विभाग, बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजना कार्यान्वयन इकाइका इन्जिनियर माधव कटुवालले बन्चरेडाँडाको काम दुई चरणमा गरिएको जानकारी दिए।

तिनपिप्लेदेखि बन्चरेडाँडा जाने मुख्य ढुवानी मार्गको मर्मत कार्य अन्तिम चरणमा रहेको र यसका साथै शहरी विकास मन्त्रालयले फोहोर मैला ढुवानीका लागि छुट्टै र छोटो दुरीको वैकल्पिक मार्गको डिपिआर सम्पन्न गरि ठेक्का दिन लागिएको पनि इन्जिनियर कटुवालले जानकारी दिए।

पुष ५, २०७९ मंगलबार २१:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।