एनसेलको विश्वकप फुटबल फाइनलको लाइभ स्क्रिनिङमा १९ सय दर्शक

एनसेलको विश्वकप फुटबल फाइनलको लाइभ स्क्रिनिङमा १९ सय दर्शक

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले राखेको २२ औँ फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ  स्क्रिनिङमा १ हजार ९ सय बढी दर्शक सहभागी भए।

अन्नपूर्ण होटलको पुल साइडमा सम्भवतः नेपालमा अहिले सम्मकै ठुलो स्क्रिनहरूमध्ये एकमा देखाइएको अर्जेन्टिना र फ्रान्सबिचको फाइनल खेलको प्रत्यक्ष प्रसारण उल्लासमय बनेको थियो।

आमन्त्रित निजी सङ्घसंस्थाका प्रतिनिधि, बैङ्क तथा वित्तीय संस्था, व्यावसायिक क्षेत्रका पाहुना, कलाकार, सञ्चारकर्मी, एनसेलका ग्राहक, कर्मचारी र उनीहरूका परिवारका सदस्य सहभागी थिए।

एनसेलको ५ सय ९९ मा ६० जीबी पाइने होम एन्ड अबे डेटा प्याकको खरिद गर्दा एनसेलका ग्राहकले लाइभ स्क्रिनिङमा सहभागी हुन निःशुल्क प्रवेश पास पाएका थिए।

मिडिया हबको मुख्य सहयोगमा आयोजना गरिएको लाइभ स्क्रिनिङ कार्यक्रममा दर्शकहरूले फाइनल खेलको प्रत्यक्ष प्रसारण पूर्व आविष्कार केसी र डिजे बीपीएमको प्रस्तुतिमा सङ्गीतको आनन्द लिएका थिए। 

पुष ५, २०७९ मंगलबार २१:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।