राष्ट्रपति भण्डारीसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
मंगलबार राष्ट्रपति भवनमा आयोजित छुट्टा–छुट्टै समारोहमा युएई, तान्जिनिया र सर्वियाका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकाे राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ।
संयुक्त अबर ईमिरेट्स युएईबाट अब्लुल्लाह शाहील मुबारक जरबान अलसामी, तान्जिनियाबाट अनिसा कापुफी एम्बेगा र सर्वियाबाट सिनिसा पेभिक नेपालका लागि राजदूत नियुक्त भएर आएका हुन्।
समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो।
पुष ५, २०७९ मंगलबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।