काम भुईंमा हिँड्ने, नाम चाहिँ हवाई चप्पल

काम भुईंमा हिँड्ने, नाम चाहिँ हवाई चप्पल

काठमाडाैं। हवाई भन्ने नाम सुन्नासाथ लाग्छ कि यो हावासँग सम्बन्धित हो, हवाईजहाजसँग सम्बन्धित हो र हवाई चप्पल भनेको हवाईजहाजमा उड्दा लगाइने चप्पल हो। तर फित्ते चप्पललाई गाउँघरमा हवाई चप्पल पनि भनिन्छ भन्ने कतिपयलाई थाहा नहुन सक्छ। 

त्यो सामान्य फित्ते चप्पललाई किन हवाई चप्पल भनियो होला? आउनुहोस् यसको रहस्य जानौं।

फित्ते चप्पललाई हवाई चप्पल नाम दिनुका पछाडिको रहस्य यसको उत्पादनको इतिहाससँग जोडिएको छ। यो चप्पलको इतिहास धेरै पुरानो छ र पनि अद्यापि प्रचलनमा छ।

इतिहासकारहरूका अनुसार अमेरिकामा एउटा हवाई नाम गरेको आइल्याण्ड छ। सो आइल्याण्डमा ‘टी’  नाम गरेको रुख पाइन्छ। त्यो रुखबाट निस्कने चोपबाट रबर जस्तै लचिलो पदार्थ बन्दछ। सोही पदार्थबाट सोही स्थानमा बनाइएको चप्पल हुनाले उक्त चप्पलको नाम हवाई चप्पल रहन गएको हो।

पुष ५, २०७९ मंगलबार १५:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।