प्रकाशमान सिंहलाई गगनको आग्रह : पाँच वर्ष तपाईंलाई साथ दिए अब साथ दिने पालो तपाईंको

प्रकाशमान सिंहलाई गगनको आग्रह : पाँच वर्ष तपाईंलाई साथ दिए अब साथ दिने पालो तपाईंको

काठमाडौं : कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिएका गगनकुमार थापाले अर्का उम्मेदवार शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिएर आफूलाई सर्वसम्मत नेता बन्न दिन आग्रह गरेका छन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको भविष्यका लागि उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय लिन देउवालाई आग्रह गरेका हुन्।

उनले पार्टीका २ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई पार्टीको परिवर्तनको पक्षमा उभिन आग्रह गर्दै भने' 'आदरणीय सभापति देउवाले उम्मेदवारी फिर्ता लिने कुरा ऐतिहासिक हुन्छ।'

परिवर्तनको बेगलाई अगाडि बढाउन उम्मेदवारी दिएको दाबी गर्दै उनले पार्टी परिवर्तनको पक्षमा रहेका बहुमत सांसदहरूले आफूलाई मत दिएर संसदीय दलको नेता बनाउने बताएका थिए।

उनले परिवर्तनका लागि पाँच वर्षअघि आफू प्रकाशमान सिंहको पक्षमा उभिएको भन्दै अब विचार गर्ने पालो सिंहको भएको बताएका थिए।

सिंह संसदीय दलको उम्मेदवार बनेकामध्ये कसैको पक्षमा खुलिसकेका छैनन्। उनीसँग प्रत्यक्षतर्फ नै तीन मत रहेको छ जुन गगनको पक्षमा खुले निर्णायक हुनसक्छ।

पुष ५, २०७९ मंगलबार १५:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।