बस्दिन भन्दै रामचन्द्र भए देउवाको प्रस्तावक, पूर्णबहादुर समर्थक

बस्दिन भन्दै रामचन्द्र भए देउवाको प्रस्तावक, पूर्णबहादुर समर्थक

काठमाडौँ : संसदीय दलको निर्वाचनमा कतै नखुल्ने दाबी गरेका कांग्रेस नेता रामचन्द्र पौडेल शेरबहादुर देउवाको पक्षमा खुलेका छन्। उनले केही समय अगाडि आफू देउवाको प्रस्तावक नबस्ने दाबी गरेका थिए। तर देउवाले उम्मेदवारी दर्ता गर्दा उनी प्रस्तावक बसे भने पूर्णबहादुर खड्का समर्थक।

सिंहदरबारमा रहेको संसदीय दलको  कार्यालय पुगेर देउवाले उम्मेदवारी दर्ता गराउँदा पौडेलसँगै, गृहमन्त्री बालकृष्ण खाँण, प्रवक्ता प्रकाशशरण महतलगायतका नेताहरू सँगै थिए।

देउवालाई संस्थापन इतर समूहबाट महामन्त्री गगन थापाले चुनौती दिँदै छन्। उनको प्रस्तावक शेखर कोइराला र समर्थकमा विश्वप्रकाश शर्मा बसेका छन्। कांग्रेस नेता तथा काठमाडौँ-५ का सांसद प्रदीप पौडेलले समेत गगनलाई समर्थन गरेका छन्। भोलि बुधवार कांग्रेसको संसदीय दलको नेताको निर्वाचन हुँदैछ।

पुष ५, २०७९ मंगलबार १४:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।