पाँच वर्ष कैद सजाय तोकेका ६ वर्षपछि पक्राउ परे दोषी

पाँच वर्ष कैद सजाय तोकेका ६ वर्षपछि पक्राउ परे दोषी

रूपन्देही : जिल्लामा पाँच वर्ष कैद सजाय तोकेका दोषी फैसलाको ६ वर्षपछि पक्राउ परेका छन्।

बलात्कार मुद्दामा दोषी ठहर भएका कञ्चन गाउँपालिका–५ वर्गदवाका जेसी भन्ने जीवन चौधरी फैसलाको ६ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको हो।

उच्च अदालत बुटवल तुलसीपुर दाङको २०७३ भाद्र ८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

२०७२ वैशाख २० गते राति चौधरीले घरमा कोही नभएको अवस्थामा पीडित महिलालाई धाक धम्की दिई जबरजस्ती करणी गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो।

चौधरीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

पुष ५, २०७९ मंगलबार १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।