नेपालले जित्याे भारतमा गएर कराँतेमा १० स्वर्ण पदक

नेपालले जित्याे भारतमा गएर कराँतेमा १० स्वर्ण पदक

काठमाडाैं। भारतको मुम्बईमा भएकाे अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण पदक जितेकाे छ। नेपाली टिमका टाेली नेता रविन्द्र मानन्धरका अनुसार नेपालले १० स्वर्ण र २ रजत गरी कुल १२ पदक प्राप्त गर्न सफल भएको छ।

मिक्स मार्सल आर्ट फेडेरेसन इन्डियाले आयोजना गरेकाे च्याम्पियनसिपमा नेपालकी नानु शाक्यले वेष्ट अफ द वेष्ट फिमेल फाइटको उपाधि सहित मिक्स मार्सल आर्टको एमएमए बेल्ट प्राप्त गरेकाे मानन्धरले बताए।

राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टिम कातातर्फ नेपालले स्वर्ण जित्न सफल भएको हो। पुरुषतर्फ टिममा स्वर्ण जित्न सफल अमृत थोकरले ५५ केजी कुमिते र मनिष कार्कीले जुनियर व्यक्तिगत कातामा पनि स्वर्ण हात पारे।

यसैगरि, श्रीजना महतारा, नानु शाक्य र सञ्जु देसार सम्मितिल टोलीले नेपालका लागि महिला टिममा पनि स्वर्ण जित्याे। श्रद्धा थापाले सिनियर काता तथा ६१ केजी कुमिते तर्फ स्वर्ण जितिन्। श्रीजना महताराले क्याडेट व्यक्तिगत कातामा स्वर्ण तथा ५५ केजी कुमिते तर्फ रजत जोडिन्।

नानु शाक्यले ५० केजी कुमितेमा स्वर्ण र जुनियर व्यक्तिगत कातामा रजत प्राप्त गरिन्। नेपालका लागि स्वर्ण जोड्ने क्रममा टिममा स्वर्ण प्राप्त गरेकी सञ्जु देसारले जुयिनर व्यक्तिगत काता र ४५ केजी कुमितेमा पनि स्वर्ण जित्न सफल भईन्।

च्याम्पियनसिपमा नेपाल, भारत र रसियाका ४२५ खेलाडीहरुको सहाभागिता रहेको थियो।

पुष ५, २०७९ मंगलबार ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।