काठमाडौंमा बिहानै विशेष चेकिङ, २७० चालक कारबाहीमा

काठमाडौंमा बिहानै विशेष चेकिङ, २७० चालक कारबाहीमा

काठमाडौं: काठमाडौं उपत्यकामा आज बिहान ट्राफिक प्रहरीले विशेष चेकिङ गरेको छ। चेकिङका क्रममा २७० जना ट्राफिक नियम उल्लघंन गर्ने चालकहरूलाई कारबाही गरिएको छ।

कारबाही भोग्नेमा १० जना स्कुल बसका चालक समेत परेका छन्। जसमा सवारी चालक अनुमतिपत्र साथमा नलिई चलाउने चार जना , नम्बर प्लेट स्पष्ट नभएको एक जना, लापरबाहीको साथ सवारी चलाउने एक जना र अन्य कसूरमा चार जना स्कुल बसका चालकलाई कारबाही गरिएको छ।

चेकिङकै क्रममा ट्राफिक नियम उल्लघंन गर्ने अन्य २५४ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ। सडकमा दुर्घटना न्यूनीकरण गर्दै सुरक्षित यात्रा गराउन चेकजाँच गरी ट्राफिक नियम उल्लघंन गर्ने चालकलाई कारबाही गरीएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवंम् प्रहरी वरीष्ठ राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

पुष ५, २०७९ मंगलबार ११:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।