आकाशमै हल्लियो उडिरहेको विमान, ३६ जना घाइते हुँदा ११ जनाको अवस्था गम्भीर  

आकाशमै हल्लियो उडिरहेको विमान, ३६ जना घाइते हुँदा ११ जनाको अवस्था गम्भीर  

एजेन्सी : उडिरहेको विमान हल्लिँदा अमेरिकामा ३६ जना घाइते भएका छन्, जसमध्ये ११ जनाको अवस्था गम्भीर छ।

आइतबार २७८ यात्रु र १० चालकदलका सदस्यसहित फिनिक्सबाट होनोलुलु जाँदै गरेको विमान अवतरण गर्नुअघि नै यो दुर्घटना भएको हो।

अस्पताल लगिएका २० जनाको टाउकोमा चोट लाग्नुका साथै शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। चिट्याङ परेपछि विमान हल्लिएको बीबीसीले जनाएको छ। 

हवाईयन एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ, ‘सामान्य चोटपटक लागेका र चालक दलका सदस्यहरूलाई चिकित्सा हेरचाह गरिएको छ र केहीलाई तुरुन्तै अस्पताल पठाइएको छ।’

अस्पताल पठाइएकोमा १७ यात्रु र तीन चालक दलका सदस्य रहेका छन्। जसमा एक १४ वर्षीय बालक पनि छन्।

पुष ४, २०७९ सोमबार २१:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।