भोजमा भाग लिएर करोडौं रकम घुस लिएपछि चीनका पूर्व उद्योगमन्त्री बर्खास्त

भोजमा भाग लिएर करोडौं रकम घुस लिएपछि चीनका पूर्व उद्योगमन्त्री बर्खास्त

एजेन्सी : चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले पूर्व उद्योग तथा सूचना प्रविधिमन्त्री सियाओ याछिङलाई बर्खास्त गरेको छ।

सीपीसी अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको भन्दै जिओलाई कारबाही गरिएको सीपीसी केन्द्रीय अनुशासन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शीर्ष एन्टी–ग्राफ्ट एजेन्सीले गरेको अनुसन्धानमा जिओले आफ्नो काममा निष्पक्षतामा सम्झौता हुनसक्ने भोजमा भाग लिएको र अरूबाट ठूलो रकम लिएको पनि विज्ञप्तिमा उल्लेख छ।

जिओलाई पार्टीबाट निष्कासन गरिएको, पदबाट बर्खास्त, सार्वजनिक हैसियतमा घटुवा गरी अवकाश दिइएको छ।

पुष ४, २०७९ सोमबार २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।